प्रयोगशालाको उद्देश्य : 

  1.  कृषि ज्ञानकेन्द्रहरु र स्थानीय तहहरुमा तथा कृषि कार्यमा संलग्न विभिन्न संघ/संस्थाहरुमा समन्वय गरी दिगो रुपामा माटोको उर्वराशक्तिलाई कायम राख्ने कार्यक्रमहरु संचालन गर्ने।
  2. माटो परीक्षण शिविरहरु सन्चालन गरी कृषकको घरदैलोमा पुगि कृषि चुन तथा मलखाद सिफारीस गर्ने तथा माटोको अवस्थाको बारेमा जानकारी गराउने ।
  3. माटो विश्लेषण, सर्वेक्षण र अध्यायनका आधारमा विभिन्न समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्याइ समानुपातिक रुपमा मलखादको प्रयोग गर्न कृषकलाई प्रेरित गर्ने।
  4. बाली विरुवालाई थोरै तथा नभई नहुने अति आवश्यक शुक्ष्मतत्वहरुको स्थिति अध्यायनको लागि अनुगमन गर्ने र के कस्तो सुधार आवश्यक छ सो को पहिचान गरी सुधारको उपाय खोजी गरी कृषक समक्ष पुर्याउने।
  5. माटोमा आउने विभिन्न प्रकारका विकृती अम्लियपना, क्षारियपना सुधारको लागी कृषि चुनक तथा जिप्सम आदिको सिफारीस गर्ने।
  6. माटोमा उर्वराशक्ति वृद्धिमा लागि हरियो मल, प्राङ्गारिक मल, गोबर मलको अतिरिक्त रसायनिक मलले खेलेको भसमिकाहरुको बारेमा कृषकलाई अवगत गराउने।
  7. अन्न बाली, तरकारी फलफूल खेती आदि बालीहरुमा विभिन्न मलखादको परीक्षण र सिफारिसको आधारमा मलखादको परिमाण सिफारीस गर्ने।
  8. माटोको विभिन्न विश्लेषण र अध्यायको आधारमा जानकारी संकलन गरी समस्यामुलक विषय तथा त्यस सम्बन्धमा अध्ययन तथा प्रविधि प्रसारण राखी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने।
  9. माटोको नमुना संकलन, विश्लेषण र नतिजाको आधारमा मलखाद सिफारीस गर्ने।
  10. बजारमा पाईने विभिन्न नाम र ब्राण्डका मलका नमुना विश्लेषण र मलमा भएको तत्वको बारेमा कृषकहरुलाई जानकारी गराउने।
  11. माटो सम्वन्धी परामर्श देखा परेका समस्याहरुलाई समाधानको खोजिमा लागि प्रादेशिक स्तरका योजना तर्जुमा गर्ने ।
  12. कार्यक्रमको कार्यान्वयनमा सम्वद्ध पक्षहरुलाई सहयोग पुर्याउने, अनुगमन गर्ने, मुल्याङ्कन गर्ने आदी कार्यहरु समेत यस प्रयोगशालाको उद्देश्य रहेको छ।