नेपाल कृषि प्रधान देश हो। यहाँ करिब 65.6 प्रतिशत भन्दा अधिक मानिसहरु कृषि पेशामा निर्भर छन्।राष्ट्रको कूल ग्राहस्थ उत्पादनको 25.83 प्रतिशत स्रोत कृषिमा नै निर्भर रहेको छ। नेपाल सरकारले प्रमुख क्षेत्रको रुपमा कृषि क्षेत्रमा लगानी गरे ता पनि अपेक्षित परिमाण प्राप्त गर्न सकेको छैन। नेपालमा कृषिको इतिहास पुरानो भएता पनि कृषि कार्यमा प्रमुख भुमिका राख्ने माटो जुन बाली विरुवाको खाद्यपदार्थको स्रोत हो। यस क्षेत्रको विकासको इतिहास धेरै पुरानो छैन। लगातार जमिनमा खेतिपाती गर्नुको साथै विरुवालाई आवश्यक पर्ने खाद्यतत्वको आपूर्ती विभिन्न किसिमका रसायनिक मलहरुबाट गर्ने गरेको  तर माटो व्यवस्थापन तर्फ कुनै सोचाई नरहेको कारणबाट माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गएकोले माटो व्यवस्थापन तर्फ समयमा नै उचित ध्यान पुर्याउनु पर्ने महसुस गरि माटोको छुट्टै एकाईको रुपमा माटो व्यवस्थापन निर्देशनालय अन्तर्गत वि.स. 2051 सालमा पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला स्थापना भएको थियो। जस मध्ये क्षेत्रीय माटो प्रयोगशाला झुम्का, सुनसरी पनि एक हो।यस प्रयोगशालाको कार्यक्षेत्र पुर्वाअञ्चलको 16 जिल्ला रहेको थियो ।

वि.स. 2072 सालमा जारी गरिएको नेपालको संविधान देशमा लागु गरी सो को कार्यान्वयन गर्ने उद्देश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राजनितिक तथा प्रशासनिक इकाईहरु रहने व्यवस्था भएको छ। संवैधानिक व्यवस्था अनुसार 2074 सालमा तीनै तहको निर्वाचन सम्पन्न भई संघियता कार्यान्वयनको चरणमा अगाडी वढिरहेको छ।पछिल्लो चरणमा देशलाई एक संघ, सात प्रदेश र 753 स्थानिय तहमा विभाजन गरी सवैलाई संविधानले प्रदत्त आर्थिक प्रशासनिक तथा राजनैतिक अधिकारको उच्चतम प्रयोग गर्ने अवसर प्राप्त भएको छ। यहि क्रममा तत्कालिन प्रदेश नं. 1 मा रहनेगरी कायम भयो। हाल यो प्रयोगशाला कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयको प्राविधिक तथा प्रशासनिक नियन्त्रणमा रहेको छ।

यस प्रयोगशालाको कार्यक्षेत्र कोशी प्रदेश का 14 वटा जिल्लाहरु ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपूर, सोलुखुम्बु, ‌ओखलढुङ्गा, खोटाङ र उदयपुर पर्दछन्।